ad ad

कला


असोज २० मा छक्का पञ्जा–५ र कमेडी च्याम्पियनको ‘द बिगेस्ट रोस्टिङ ब्याटल’

असोज २० मा छक्का पञ्जा–५ र कमेडी च्याम्पियनको ‘द बिगेस्ट रोस्टिङ ब्याटल’

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १०:३५, काठमाडौँ

यही असोज २४ गतेदेखि प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘छक्का पञ्जा–५’ले प्रचार प्रसारलाई तिव्रता दिएको छ।

यसैबीच छक्का पञ्जाको निर्माण टिम र कमेडी च्याम्पियनको टिमबीच रोस्ट हुने भएको छ ।

छक्का पञ्जा टिमले यसअघि पनि थुप्रै नयाँ नयाँ शैली अपनाउँदै आएको थियो। यस पटक पनि रोस्टको शैलीलाई अपनाउदै यी दुई भिन्न ब्राण्ड  ‘द बिगेष्ट रोष्टिङ ब्याटल’ मा सहभागि हुन लागेका हुन्।

यो फिल्मको भर्खरै रिलिज भएको दोस्रो ‘ब्रेकअप’ गीतमा पनि विशेषगरी ढोका दिने केटीलाई मज्जाले गाली गर्दै रोस्ट गरिएको छ। शायद त्यो शैलीलाई अपनाउदै निर्माण टिमले रोस्ट शैलीलाई अपनाउन लागेको हो।   

यही असोज २० गते आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा साँझ ५ बजेपछि प्रारम्भ हुने कार्यक्रम हिमालय टेलिभिजन तथा ओएसआर रियालटी यूट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।  
 

फिल्मको टिम र कमेडी च्याम्पियन टिमबीचको यो ब्याटल झण्डै साढे तीन घण्टासम्म चल्ने छ। 

‘रोस्टिङ ब्याटल’मा कमेडी च्याम्पियनका भरतमणि पौडेल, सुमन कार्की, कैलाश कार्की, प्रभात लामा, सजन श्रेष्ठ, सुमन कोइराला,सन्तोष थापा लगायत कमेडियन हुने निर्देशक भण्डारीले जानकारी दिए। 

छक्का पञ्जा ५ मा कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सन गौडेल, सुरवीर पण्डित लगायत कलाकारले अभिनय गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .