ad ad

कला


‘लाज शरणम्’बाट चलचित्रमा फर्किए धुर्मुस, भन्छन्– निकै खुसी छु

‘लाज शरणम्’बाट चलचित्रमा फर्किए धुर्मुस, भन्छन्– निकै खुसी छु

नेपालखबर
असोज ८, २०८१ मंगलबार १४:११, काठमाडौँ

हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लामो समयपछि फिल्ममा फर्किएका छन्। उनी झण्डै पाँच वर्षपछि फिल्म ‘लाज शरणम्’ मा देखिदैँछन्।

धुर्मुसले केही दिनअघि फिल्म ‘लाज शरणम्’ को केही सुटिङ गरेको जानकारी दिए। धेरैपछि फिल्मको सेटमा फर्किँदा निकै खुसी लागेको उनको भनाइ छ। 

‘यस फिल्ममा मेरो एकदम राम्रो भूमिका छन्। केही दिनअघि मात्रै मेरो भागको केही सुटिङ सकेँ। अब बाँकी सुटिङ भने दसैँपछि हुनेछ,’उनले नेपालखबरसँग भने। 

यस फिल्मको सुटिङ यतिखेर डोल्पामा धमाधम भइरहेको छ। 

अन्तिमपटक २०७६ को फागुनमा कट्टेलको मुख्य भूमिका रहेको फिल्म ‘सेन्टिभाइरस’ रिलिज भएको थियो। त्यसपछि उनले श्रीमती कुञ्जना घिमिरे सुन्तलीसँगै मिलेर ‘म त मर्छु कि क्या हो’ वेब सिरिज ल्याउँदै आएका थिए।  

चर्चित टेलिश्रृंखला सक्कीगोनी टिमले निर्माण रहेको ‘लाज शरणम्’ लाई कुमार कट्टेलले जिब्री ब्रोले निर्देशन गरिरहेका छन्।

कुमार सीतारामकै सहोदर भाइ हुन्। 

सोसल कमेडी जनरामा बन्ने फिल्म आगामी महाशिवरात्रीको अवसरमा फागुन १४ गतेबाट प्रदर्शनमा आउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .