बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खान पनि फिल्म करिअरमा लागिसकेका छन्। नेटफ्लिक्समा स्ट्रिमिङ भएको डेब्यु फिल्म ‘महाराज’ नै हिट भएपछि उनी चर्चामा छन्।
हालै जुनैद एनडीटीभी युवा कार्यक्रममा अतिथिको रूपमा देखा परे। जहाँ उनले कामको अनुभव बारे सुनाएँ। यसअघि आफूले बुवा आमिरको फिल्म ‘लाल सिंह चड्ढा’ का लागि अडिसन दिएको उनको भनाइ छ।
‘कहिलेकाहीं कुनै फिल्ममा हिस्सा पाइन्छ, कहिले पाउँदैन्। यो सत्य हो कि महाराज अघि मैले केही अडिसन दिएकी थिएँ। त्यो बेला त्यस्तो हुन सकेन,’ जुनैदले भने, ‘हो, बुवाले यसबारे पहिले नै कुरा गरिसक्नु भएको छ। जब मैले यसका लागि अडिसन दिएँ, उहाँलाई धेरै मन परेको थियो। तर, फिल्मको बजेटका कारण नयाँ कलाकारलाई लिएर फिल्म बनाउन सक्नु भएन। जसका कारण मैले त्यो फिल्ममा काम गर्ने मौका पाइन।’
निर्माता आदित्य चोपडाले जुनैदको एक वर्ष पुरानो अडिसन भिडियो हेरेका थिए। जुनैदको त्यो भिडियो आदित्य चोपडालाई निकै मन पर्यो। यसपछि उनले जुनैदलाई फिल्ममा कास्ट गर्ने मन बनाएका थिए।
जुनैदले दैनिक भास्करलाई दिएको अन्तर्वार्तामा भने, ‘आदित्य सरले मलाई बोलाएर महाराजको स्क्रिप्ट दिनुभएको थियो। पहिलो हाफ पूर्ण रुपमा पढेर सुनाउ भन्नुभयो। मैले पढेर सुनाउँदा उहाँले खासै प्रतिक्रिया दिनुभएन। अनि भन्नुभयो राम्रो छ, काम सुरु गरौं।’
‘महाराज’ बाट जुनैद खानले बलिउडमा डेब्यु गरेका हुन्। सिद्धार्थ पी मल्होत्राले निर्देशित यो फिल्ममा जुनैदसहित फिल्ममा जयदीप अहलावत, शालिनी पाण्डे र शर्वरीको अभिनय छ।
फिल्मको कथा संवेदनशील विषयवस्तुमा आधारित भएकाले यो फिल्म विवादमा परेको थियो। यसपछि हलको सट्टा फिल्मलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिएको थियो।
जुनैदले अहिले आफूसँग दुईवटा फिल्म पाइपलाइनमा रहेको बताए। उनी आफ्ना पिता आमिर खानको प्रोडक्सन हाउसको ब्यानरमा फिल्म गर्दैछन्। यस फिल्ममा उनीसँगै साउथ अभिनेत्री साई पल्लवी देखिनेछिन्। यसबाहेक उनी दोस्रो फिल्ममा खुशी कपूरसँग देखिनेछन्।
Shares
प्रतिक्रिया