असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ।
ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक ट्रेलर फिल्मका पात्र जितु नेपाल वरपर घुमेको छ। ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ।
आफ्नो नगरिदिएर बुवाले आफैँ बिहे गरेपछि रिसाएका जितुको बिहे गर्ने यात्रालाई ट्रेलरमा स्थान दिइएको छ। ट्रेलरमा फिल्मकी नायिका निती शाहसँग बिहे गर्न तयार युवाले विभिन्न प्रतिस्पर्धा गरेको देखाइएको छ। जसमा भारी बोक्ने, चिया पकाउने, लुगा धुनेलगायतका प्रतियोगिता समेटिएका छन्।
जितु नेपाल र नितीसहित बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकारलाई स्थान दिइएको छ।
राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरूको अभिनय छ।
रेड आइ फिल्मस्को व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ।
Shares
प्रतिक्रिया