हालै अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डाँफेज्’ र ‘गैँडाज्’ भनेपछि अहिले नेपालमा त्यसको चर्चा भइरहेको छ।
खासगरी आलोचकहरूले एमाले अध्यक्षसमेत रहेका ओलीलाई अंग्रेजी बोल्न नआएको भनी खिसीटिउरी गरिरहेका छन्।
तर एमाले महासचिव शंकर पोखरेलले अंग्रेजीमा पनि नेपाली नामलाई स्थापित गर्ने सपनाका साथ प्रधानमन्त्री ओलीले ‘डाँफेज्’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको भनी प्रतिरक्षासमेत गरिसकेका छन्।
यसैबीच चर्चित हास्य कलाकार मनोज गजुरेलले पनि यस विषयमा कटाक्ष गरेका छन्। काँडे भ्याकुरलाई ‘काँडेज् भ्याकुर्ज’, लाली गुराँसलाई ‘लालिज् गुराँज्’ भनी यस्तै किसिमका सातवटा शब्द बनाएर ओली र पोखरेललाई व्यंग्य गरेका हुन्।
मनोज गजुरेलले शुक्रबार फेसबुकमा लेखेका छन्–
नेपालमा मात्र पाइने!
१. चरा : काँडेज् भ्याकुर्ज
२. जनवार : रातोज् पाण्डाज्
३. फूल : लालिज् गुराँज्
४. पत्थर : शालिज्-ग्राम
५. जडीबुटी : टिमुर्ज्
६. भाषा : ओलांग्रेजी
७. थर : ग्याजुर्याल्ज्
Shares
प्रतिक्रिया