कहिलेकाहीँ हामीले नसोचेको वस्तु निकै मूल्यवान् निस्किन्छ। यस्तै घटना बेलायती एक महिलालाई परेको छ।
७० वर्षको हाराहारीकी एक बेलायती महिलाले फोहोरमा फाल्न लागेको ‘बेकारको ढुङ्गा’ २० लाख डलर पर्ने ३४ क्यारेटको हिरा भएको खुलेको छ।
महिलाका अनुसार उनलाई त्यो हिरा कहाँबाट आयो भन्ने पनि थाहा छैन। उनले ‘बेकारको ढुङ्गा’ सम्झेर यसलाई फोहोरमा फाल्ने निर्णय गरेकी थिइन्।
यद्यपि एक छिमेकीले यो ढुङ्गाको मूल्य जाँच गर्न सुझाएपछि उनले एकपटक यसको जाँच गर्ने निर्णयमा पुगिन्। जाँच गर्दा यो सामान्य ढुङ्गा नभएर २० लाख डलर पर्ने ३४ क्यारेटको हिरा भएको खुलेको हो।
आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा महिलाले आफूले फाल्न लागेको ढुङ्गा हिरा भएको पाउँदा निकै खुसी लागेको बताएकी छिन्। लामो समयसम्म यो हिरालाई बेवास्तापूर्वक सामान्य ढुङ्गाजस्तै राखिएको थियो। नोभेम्बर ३० मा यो हिरालाई लिलामीमा राखिनेछ।
यो हिरा २२ देखि २७ लाख डलरसम्ममा बिक्री हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
Shares
प्रतिक्रिया