ad ad

रोचक


बिरालोले पाइलटलाई आक्रमण गरेपछि उडिरहेको विमान गर्नुपर्‍यो आकस्मिक अवतरण

बिरालोले पाइलटलाई आक्रमण गरेपछि उडिरहेको विमान गर्नुपर्‍यो आकस्मिक अवतरण

नेपालखबर
फागुन १९, २०७७ बुधबार ८:२१,

तर बिरालोले विमानका पाइलटलाई आक्रमण गरेपछि उडिसकेको विमानलाई आकस्मिक अवतरण गर्नुपरेको एयरलाइभ डटनेटले जनाएको छ।

हालै खार्टोम अन्तर्राष्ट्रिय विमानस्थलबाट टार्को एयरलाइन्सको बोइङ ७३७ विमान दोहाको हामद अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको थियो।

तर विमान उडेको ३० मिनेट भित्रै सो विमान फेरि खार्टोम नै अवतरण गर्नुपरेको थियो।

कारण एउटा रिसाएको बिरालो ककपिटमा देखा परेको थियो।

सो बिरालोले पाइलटसहित विमान चालकदलका सदस्य सबैलाई आक्रमण गर्न थालेपछि विमान आकस्मिक अवतरण गरिएको थियो।

यस घटनासँगै सुडानमा विमानमा विरालोलाई प्रवेश गर्न नदिने नियम बनाइनुपर्ने आवज उठेको छ। एयरलाइभ डटनेट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .