रोचक


फरार माओवादी विद्रोही कोरोना परीक्षण गराउन अस्पताल आएपछि खुशी भए प्रहरी

फरार माओवादी विद्रोही कोरोना परीक्षण गराउन अस्पताल आएपछि खुशी भए प्रहरी

नेपालखबर
चैत ९, २०७७ सोमबार १०:१७,

आजतकका अनुसार झारखण्डको चतरामा मनिष यादव नामका एक माओवादी विद्रोही सहजै पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनलाई पक्राउ गर्न प्रहरीले ६ वर्ष धेरै दुख गरेका थिए।

तर कोरोनाको परीक्षण गर्न अस्पताल आएपछि उनलाई प्रहरीले बिना झन्झट् गिरफ्तार गरेको हो।

प्रहरीका अनुसार कोरोना भाइरसबाट मनिष यादव त्रसित थिए। जसका कारण ६ वर्षदेखि लुकेका उनी बाहिर आए।

मनिषविरुद्ध ६ वर्ष अगाडि नै झारखण्डको कुन्द प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो।

उनले प्रहरीको गस्ती टोलीमाथि विस्फोटक पदार्थ पड्काएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .