रोचक


इस्टोनियाकी प्रधानमन्त्री क्यालस भन्छिन्ः म साइकलमा कार्यालय जान रुचाउँछु

इस्टोनियाकी प्रधानमन्त्री क्यालस भन्छिन्ः म साइकलमा कार्यालय जान रुचाउँछु

नेपालखबर
जेठ २, २०७८ आइतबार १२:४२,

सन् २०२१ को जनवरीमा देशको प्रधानमन्त्री चुनिएपछि पहिलोपटक उनी साइकलमा कार्यलय जान थालेकी हुन्।

उनले ट्विटरमा साइकलमा यात्रा गरिरहेको तस्बिर पोस्टगर्दै आफूले सांसद हुँदा प्राय साइकलमै यात्रा गरेको र अहिले प्रधानन्त्री हुँदा पनि सकेसम्म धेरै साइकलको प्रयोग गर्ने बताएकी हुन्।

उनले भनेकी छिन्,‘साइकलमा कार्यालय जानु दिनको राम्रो सुरुवात हो। एक सांसदको रूपमा मौसमले साथ दिएसम्म म प्रायः साइकल चलाउँथे। आज प्रधानमन्त्री बनेपछि पहिलोपटक साइकलमा कार्यालय गए।’

उनले गर्मी मौसमभर साइकलमै यात्रा गर्ने पनि बताएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .