ad ad

गण्डकी


बस दुर्घटना हुँदा १० कर्मचारी घाइते

बस दुर्घटना हुँदा १० कर्मचारी घाइते

नेपालखबर
भदौ १३, २०७९ सोमबार १९:४७, तनहुँ

तनहुँको दमौलीबाट सरकारी कर्मचारी लिएर पोखरातर्फ जाँदै गरेको बस आज साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

ग१ख ४०२३ नम्बरको बस पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादी नजिकको सडकबाट तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकाको दमौलीको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइतेमध्ये दुई जना गम्भीर रहेका छन्। घटनाको थप विवरण आउन बाँकी रहेकाले अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .