ad ad

गण्डकी


मापसे गरी फेवातालमा डुंगा चलाउने चालक पक्राउ

मापसे गरी फेवातालमा डुंगा चलाउने चालक पक्राउ

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १८:१२, पोखरा

कास्की प्रहरीले मादक पदार्थ सेवन गरी फेवातालका डुंगा चलाउने एकजना चालकलाई पक्राउ गरेको छ । 

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा २५ जना चालकको परीक्षण गर्ने क्रममा ती चालकले मादक पदार्थ सेवन गरिएको भेटिएको थियो। 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार मौसमको खराबी तथा हावाहुरीको कारणबाट हुनसक्ने सम्भावित दुर्घटना, लाइफ ज्याकेटको सही प्रयोग, अपनाउनुपर्ने सावधानीका उपायबारे चालकलाई जानकारी दिने क्रममा मादक पदार्थ जाँच पनि गरिएको हो।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी राजेन्द्र श्रेष्ठका अनुसार हरेक वर्ष प्रहरीले डुंगा चालकहरुलाई सुरक्षासम्बन्धी प्रशिक्षण दिँदै आएको छ। 

पोखराको फेवाताल नौका विहारको लागि प्रख्यात छ। यहाँका विभिन्न घाटबाट दैनिक करिब ३ सयभन्दा बढी डुंगाहरु संचालन हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .