गण्डकी


बागलुङबाट आएको बस पोखरामा पल्टियो, १९ यात्रु घाइते

बागलुङबाट आएको बस पोखरामा पल्टियो, १९ यात्रु घाइते

शनिबार साँझ पोखरामा पल्टिएको बस


नेपालखबर
बैशाख १५, २०८१ शनिबार २२:४३, कास्की

बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ।

ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए।

बसमा ३६ यात्रु सवार रहेको प्रहरीको भनाइ छ। 

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले जानकारी दिए।

‘घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्‍याइएको छ। चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ’, शर्माले भने। 

तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा शनिबार साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .