ad ad

ग्लोबल


इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्ने सहमति, चीनको मध्यस्थता

इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्ने सहमति, चीनको मध्यस्थता

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १८:३९,

वर्षौंको तनावपछि इरान र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्ने सहमति गरेका छन्। यससँगै यी दुई मुलुकले एकअर्काको राजधानीमा दूतावास पुनर्स्थापना गर्नेछन्। 

यी दुई मुलुकका साथ चीनले संयुक्त वक्तव्य जारी गर्दै सम्बन्ध पुनर्स्थापनाको घोषणा गरेका हुन्। जसको मध्यस्थता चीनले गरेको देखिन्छ।

यसअघि इरानी सरकारी टेलिभिजन दुई मुलुकबीच दूतावास पुनर्स्थापनाको सहमति भएको खबर प्रशारण गरेको थियो।

साउदी अरबले सन् २०१६ मा इरानसँग सम्बन्ध तोडेको थियो। साउदी अरबले एक सिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि इरानस्थित उसको दूतावासमा भीडले आक्रमण गरेको थियो। 

त्यसपछि साउदीले दूतावास हटाएको थियो।

त्यसयता मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको थियो। खासगरी अमेरिका इरानसँगको आणविक सम्झौताबाट एकपक्षीय रुपबाट बाहिरएपछि तनाव बढेको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .