ad ad

ग्लोबल


अफगानिस्तानमा ठूलो भूकम्प, भारत र पाकिस्तानमा समेत धक्का

अफगानिस्तानमा ठूलो भूकम्प, भारत र पाकिस्तानमा समेत धक्का

भूकम्पपछि घरबाहिर निस्किएका मानिसहरु। तस्बिर : बीबीसी


नेपालखबर
चैत ८, २०७९ बुधबार ६:४४, काठमाडौँ

अफगानिस्तानको फैजाबाद केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको छ। मौसम विज्ञान केन्द्र, जयपुरले ६.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको बीबीसीले जनाएको छ। 

भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको छ।

दिल्ली, राजस्थान र जम्मू कश्मीरमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पश्चिमी यूपीका धेरै जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

जयपुर, सिकर, करौलीलगायत राजस्थानका धेरै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ।

पाकिस्तानको मौसम विभागले पनि भूकम्प गएको पुष्टि गरेको छ। पाकिस्तानको मौसम विभागले भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको जनाएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अफगानिस्तानको जुर्ममा गएको भूकम्पको म्याग्निच्युड ६ दशमलव ५ मापन गरिएको छ।

इन्टरनेशनल ह्युमन राइट्स फाउन्डेसनले भूकम्पका बेला शान्त रहन आग्रह गरेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .