ग्लोबल


सन्ध्या आचार्यको दोस्रो कृति ‘पराकम्पन’ सार्वजनिक

सन्ध्या आचार्यको दोस्रो कृति ‘पराकम्पन’ सार्वजनिक

शैलेन्द्र समदर्शी
पुस २०, २०७६ आइतबार ५:१७,

साहित्यकार उदय थुलुङको विचारमा भारतीय नेपाली आख्यानमा गोर्खाल्यान्ड आन्दोलनका दुर्घटना बढी लेखिएका छन्।

उनका अनुसार आन्दोलनबाट प्राप्तिभन्दा गुमाएका घटना धेरै भएकाले पनि दुर्घटना बढी लेखिएका हुन्।

थुलुङ, साहित्य अकादमी पुरस्कारले सम्मानित आख्याकार हुन्।

शुक्रबार युवा आख्याकार सन्ध्या आचार्यकृत पराकम्पन कथा संग्रह लोकार्पण समारोहमा उनले भने, ‘आन्दोलनका विषयमा लेखिएका आख्यानमा घटनाभन्दा धेर दुर्घटना हामी पाउँछौं। सन्ध्या आचार्यको पराकम्पन पनि यसको एउटा उदाहरण हो।’

‘कथा कतिपय’ कथा संग्रहबाट चर्चामा आएकी सन्ध्या आचार्यको पराकम्पन कथा संग्रह दोस्रो कृति हो, जसमा १३ कथा छन् भने पराकम्पन-१ र पराकम्पन-२ लगायत केही कथा गोर्खाल्यान्ड आन्दोलनमा आधारित छन्।

विमर्श कार्यक्रमअघि वरिष्ठ साहित्यकार नरबहादुर दाहाल, मोहन ठकुरी, कालुसिंह रनपहेंली, समशेर अली, जय क्याक्टसलगायत धेरै जना साहित्यकारको उपस्थितिमा पराकम्पन लोकार्पण गरिएको थियो।

लोकार्पित कृतिका विषयमा शुक्रबारै विमर्श कार्यक्रम राखिएको थियो, जसमा सन्ध्या आचार्यको आख्यान लेखनबारे चर्चा गरियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .