ग्लोबल


भारतको मसुरी-देहरादुन सडकबाट गाडी खाल्डोमा खस्दा ५ जनाको मृत्यु

भारतको मसुरी-देहरादुन सडकबाट गाडी खाल्डोमा खस्दा ५ जनाको मृत्यु

दुर्घटनामा परेको गाडी


नेपालखबर
बैशाख २२, २०८१ शनिबार १०:३८, काठमाडौँ

भारतीय राज्य उत्तरखण्डको मसुरी–देहरादुन सडकखण्डको चुनाखालनजिक शनिबार बिहान गाडी सडकबाट खस्दा ५ जनाको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार ६ जना सवार गाडी शनिबार बिहान करिब ५ बजे आफैँ अनियन्त्रित भई गहिरो खाल्डोमा खसेको हो। 

दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्। 

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको नगर कोतवाल अरविन्द चौधरीले जानकारी दिए। घाइते ३ जनालाई खाल्डोबाट निकालेर अस्पताल लगिएको थियो, जसमध्ये थप दुई जनाको मृत्यु भएको हो। 

दुर्घटनामा ज्यान गुमाउनेमा चार युवक र एक युवती छन्। एक बालिका गम्भीर घाइते भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .