ad ad

ग्लोबल


अमृतपालले भने– गिरफ्तारी अन्त्य होइन, सुरुवात हो

अमृतपालले भने– गिरफ्तारी अन्त्य होइन, सुरुवात हो

नेपालखबर
बैशाख १०, २०८० आइतबार १०:२६, काठमाडौँ

खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंहलाई भारतको पन्जाबबाट प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको पन्जाब प्रहरीले पुष्टि गरेको छ। 

अमृतपाल शिखहरूका लागि पन्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने अभियानमा थिए। 

अमृतपालले भने– गिरफ्तारी अन्त्य होइन, सुरुवात हो
गिरफ्तार हुनुअघि अमृतपालले भने, ‘यो जर्नेल सिंह भिन्द्रनवालेको जन्मस्थल हो। त्यही ठाउँमा हामी आफ्नो कामलाई विस्तार गर्दै एउटा निर्णायक मोडमा उभिरहेका छौँ। एक महिनादेखि के भइरहेको छ, सबैले देखिरहनुभएको छ। यदि गिरफ्तारीको मात्र कुरा हो भने गिरफ्तारीका धेरै तरिका थिए, हामी हामी सहयोग गर्ने थियौँ। संसारको अदालतमा हामी दोषी ठहरिन सक्छौं। सच्चा गुरुको अदालतमा होइन। एक महिनापछि निर्णय गरियो– यो भूमिमा लडिरहेका छौँ, लडिरहनेछौँ। जुन झुटा मुद्दा लगाइएको छ, त्यसको सामना गर्छाैं। गिरफ्तारी अन्त्य होइन, सुरुवात हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .