ad ad

ग्लोबल


बेलायती प्रधानमन्त्री सुनकसँग भारतीय समकक्षी मोदीको भेटवार्ता (भिडिओ)

बेलायती प्रधानमन्त्री सुनकसँग भारतीय समकक्षी मोदीको भेटवार्ता (भिडिओ)

नेपालखबर
जेठ ७, २०८० आइतबार ९:१५, काठमाडौँ

जी–७ सम्मेलनमा भाग लिन जापानको हिरोसिमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेटवार्ता गरेका छन्।

सो भेटवार्तामा दुई देशबीचको रणनीतिक सम्बन्धका बारेमा छलफल भएको बताइएको छ।

साथै, दुई देशबीच भएको एफटीए कार्यान्वयनको दिशामा हालसम्म भएको प्रगतिको समीक्षा गरिएको थियो।

भेटपछि प्रधानमन्त्री मोदीले भनेका छन्, ‘प्रधानमन्त्री ऋषि सुनकसँगको भेट निकै फलदायी रह्यो। हामीले व्यापार, नवप्रवर्तन, विज्ञान र अन्य यस्ता क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल गरेका छौं।’

भिडिओ:

 

भारत र बेलायतले गत वर्ष जनवरीदेखि एफटीए वार्ता गरिरहेका छन्।एफटीएपछि दुई देशबीचको पारस्परिक व्यापार ३४ अर्ब पाउण्ड पुग्न सक्ने बताइएको छ। 

गत महिना एफटीएमा नवौं चरणको वार्ता सकिएको थियो।

बेलायत सरकारको तथ्यांक अनुसार सन् २०२२ को तेस्रो त्रैमासिकसम्म भारत यसको १२औँ ठूलो व्यापारिक साझेदार थियो। यो बेलायतको व्यापारको २.१ प्रतिशत हो। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .