ग्लोबल


जेफ बेजोसले गरे लरेन सान्चेजसँग ‘इन्गेजमेन्ट’

जेफ बेजोसले गरे लरेन सान्चेजसँग ‘इन्गेजमेन्ट’

नेपालखबर
जेठ ९, २०८० मंगलबार १६:४८,

अमेजनका संस्थापक जेफ बेजोस र उनकी पार्टनर लरेन सान्चेजले ‘इन्गेजमेन्ट’ गरेका छन्। तर, उनीहरुको विवाहको योजनाबारे कुनै जानकारी प्राप्त भएको छैन।

बेजोस र सान्चेजबीचको सम्बन्ध २०१९ मा सार्वजनिक भएको थियो। 

सान्चेज पहिले टीभी पत्रकार थिइन्। अहिले उनी परोपकारमा लागेकी छन्। उनी पहिले हेलिकोप्टर पाइलट पनि थिइन्। 

उनीहरुले आफ्नो सम्बन्धलाई प्रायः निजी राख्ने गरेका छन्। 

यसअघि बेजोस म्याकिन्जी स्कटसँग विवाहित थिए। चार सन्तानका आमाबुबा उनीहरुले २५ वर्षको सहयात्रापछि सम्बन्धविच्छेद गरेका थिए।

सान्चेजका पनि अघिल्ला सम्बन्धहरुबाट तीन सन्तान छन्। पछिल्लो समय उनी हलिउड एजेन्ट प्याट्रिक ह्वाइटसेलसँग १३ वर्ष लामो वैवाहिक सम्बन्धबाट अलग भएकी थिइन्।

२०१९ मा उनीहरुको सम्बन्धविच्छेद टुंगो लागेको थियो। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .