सशस्त्र सीमा बल (एसएसबी)-ले भारतीय भूमि भएर अवैध रूपमा नेपाल प्रवेश गर्न खोजिरहेका एक बंगलादेशी नागरिक पक्राउ गरेको छ। एसएसबीको ४१औं बटालियनका जवानहरूले भारत–नेपाल सीमा पानीट्यांकीमा रूटिन चेकिङअन्तर्गत यी बंगलादेशी नागरिक पक्राउ गरेका हुन्।
पक्राउ पर्नेमा बंगलादेशी नागरिक ३१ वर्षीय मोहम्मद हरुनुर रसिद रहेकाे बताइएको छ। उनी बंगलादेशको गायबन्दा जिल्लास्थित सुन्दरगञ्जनिवासी हुन्। पक्राउ पर्ने यी बंगलादेशी नागरिकसँग कुनै वैध कागजपत्र थिएन।
एसएसबीका अनुसार पुस २९ गतेका दिन एक दलाललाई बंगलादेशी बीस हजार रुपियाँ दिएर चेङ्ग्राबाँधाबाट भारत छिरेका बंगलादेशी नागरिक नेपाल पस्ने कोशिशमा थिए। एसएसबीले थप अनुसन्धानका लागि रसिदलाई खोरीबारी प्रहरी चौकीमा सुम्पेको छ।
स्मरणरहोस्, पछिल्ला केही महिनायता भारतीय भूमि भएर नेपाल प्रवेश गर्ने तथा फेरि नेपालबाट भारत फर्केर यतै बसोबास गर्न खोज्ने अवैध बंगलादेशी नागरिकहरू भटाभट पक्राउ गरिरहेका छन्। सशस्त्र सीमा बल (एसएसबी)का अनुसार गत दुई महिनाभित्र एक दर्जनभन्दा अधिक बंगलादेशी नागरिक परिसकेका छन्, जससँग कुनै प्रकारको वैध कागजपत्रहरू थिएनन्।
अवैध रूपमा भारत छिरेका बंगलादेशी नागरिकहरू भारतीय भूमि भएर नेपाल पस्ने र नेपालमा केही समय बिताएपछि पुनः भारत फर्केर यहाँ नै अवैध रूपमा बसोबास गर्ने खुलासा भइरहेको छ। भारतीय भूमि भएर नेपाल पस्ने र पुनः नेपालबाट भारत छिर्ने कोशिश गरिरहेका अवैध बंगलादेशी नागरिकहरूलाई एसएसबीका जवानहरूले लगातार पक्राउ गरिरहेका छन्।
Shares
प्रतिक्रिया