ग्लोबल


इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु

प्यालेस्टिनियन प्रिजनर्स एसोसिएसन भन्छः उनको हत्या भएको हो
इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु

नेपालखबर
बैशाख २२, २०८१ शनिबार ८:४९, काठमाडौँ

करिब चार महिनादेखि इजरायलको जेलमा रहेका प्यालेस्टिनी डाक्टरको मृत्यु भएको प्यालेस्टिनी बन्दी संघले जनाएको छ।

बीबीसीका अनुसार गाजास्थित अल शिफा अस्पतालको शल्यक्रिया विभागका प्रमुख डा. अदनान अल-बुर्सको जेलमै मृत्यु भएको हो। उनी ५० वर्षका थिए।  

इजरायली जेल सेवाले अप्रिल १९ मा विज्ञप्ति जारी गरी राष्ट्रिय सुरक्षा कारण जेलमै एक कैदीको मृत्यु भएको पुष्टि गरेको थियो। मृत्यु भएका व्यक्ति डा. अल-बुर्स थिए।

इजरायली जेल सेवाले यस विषयमा थप जानकारी दिएको छैन र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्यालेस्टिनियन प्रिजनर्स एसोसिएसनले विज्ञप्ति जारी गरी डा. अल-बुर्सको स्वाभाविक मृत्यु नभई ‘हत्या’ भएको र उनको शव अझै इजरायलको हिरासतमा रहेको बताएको छ।

अल शिफा अस्पताल त्यही अस्पताल हो, जहाँ पछिल्ला केही महिनामा इजरायली सेनाले धेरैपटक छापा मारेको थियो। 

इजरायली सेनाले डा अल-बुर्सलाई उत्तरी गाजाको अल अवदा अस्पतालमा अस्थायी रूपमा काम गरिरहेका बेला पक्राउ गरेको थियो।

गाजामा हमासविरुद्ध इजरायलले गरिरहेको आक्रमणका कारण अहिलेसम्म ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .