ग्लोबल


मुद्दैमुद्दा खेप्दै ट्रम्प, फेरि थपियो एक नयाँ

मुद्दैमुद्दा खेप्दै ट्रम्प, फेरि थपियो एक नयाँ

नेपालखबर
साउन १२, २०८० शुक्रबार १०:१, काठमाडौँ

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध थप एक आरोप लागेको छ। बिहीबार उनीविरुद्ध राष्ट्रपति हुँदा गोप्य कागजातसँग सम्बन्धित थप एक मुद्दा दायर भएको हो।

उनीमाथि गोप्य कागजात नियन्त्रणमा लिई फुटेज मेटाएको आरोप लागेको छ। यस मुद्दाको सुनुवाइ अर्को वर्ष मेमा हुने बताइएको छ।

सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प प्रमुख दावेदार हुन्। यस्तो अवस्थामा नयाँ आरोपका कारण उनको कठिनाइ अझ बढ्न सक्छ।

यद्यपि, ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई सिधै अस्वीकार गरेका छन्। उनले राष्ट्रपति जोएए बाइडेन  अपराधको घर भएको र आफूविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

यसअघि नै ट्रम्पविरुद्ध गोप्य कागजात नियन्त्रणमा लिएको, सन् २०२० को राष्ट्रपति निर्वाचनमा पदीय दुरुपयोग गरेको तथा पोर्नस्टारलाई पैसा दिएर मौन बस्न बाध्य पारेको लगायतका मुद्दा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .