ग्लोबल


बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङमा

बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङमा

शैलेन्द्र समदर्शी
माघ ६, २०७६ सोमबार १५:३०,

 पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी सोमबार साँझ दार्जिलिङ आइपुगेकी छन्। मोदी सरकारको नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) को लगातार विरोध गरिरहेकी ममता यसै विरोधलाई निरन्तरता दिँदै दार्जिलिङ आएकी हुन्।

उनले पुस ८ गतेका दिन नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) को विरोधमा दार्जिलिङमा विराट् ऱ्याली निकाल्नेछिन्। ऱ्यालीमा उनको पार्टीलगायत विनय तामाङ नेतृत्वकाे गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) र विभिन्न जातगोष्ठीका विकास बोर्डहरूले सहभागिता जनाउने बताइएको छ।

यसका साथै पुस ९ गतेका दिन दार्जिलिङको चौरस्तामा मनाइने नेताजी जयन्तीमा सामेल बनेपछि त्यसैदिन सिलगढ़ी फर्किने कार्यक्रम छ। आज दार्जिलिङ चढ़्नुअघि ममताले सिलगढ़ीमा उत्तरबङ्ग उत्सवको उद्घाटन गरिन्। साथै त्यहाँ उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै मोदी सरकारको आलोचना गरिन्।

उनले नागरिकता संशोधन अधिनियम र राष्ट्रिय नागरिक पञ्जीको विरोध गर्नका लागि सिक्किमलगायत पूर्वोत्तरका राज्यलाई अघि आउने आह्वान गरेकी छन्। ‘एनआरसीबारे चिन्ता नलिनुहोस्। म तपाईंहरूसँग छु। तपाईंहरूलाई कसैले छुन र हानि गर्न सक्नेछैन। यो माटो हाम्रो हो। कसैले तपाईंहरूलाई जबर्जस्ती यहाँबाट खेद्न सक्दैन’, ममताले भनिन्।

यसअवधि बंगालका १०० प्रतिशत जनता आफूसँग रहेको पनि दाबी गर्दै बंगालमा नागरिकता संशोधन अधिनियम र राष्ट्रिय नागरिक पञ्जी लागू हुन नदिने प्रतिबद्धता दोहोऱ्याइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .