समाज


एपीएफ टोलीद्वारा चोरी पैठारीको लाखौंका सामान बरामद

एपीएफ टोलीद्वारा चोरी पैठारीको लाखौंका सामान बरामद

नेपालखबर
माघ ६, २०७६ सोमबार १४:३०,

सशस्त्र प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका १० स्थित मटिअर्वा नहरबाट करीब आठ लाख १० हजार रुपैयाँ बराबरको चोरी पैठारीको ब्ल्याङकेटसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतमा घर बताउने २२ वर्षीय सुनिल कुमार छन्।

एचआर ६९ बी ७५५८ नम्बरको भारतीय ट्रकमा राखेर ल्याउँदै गरेको उक्त ब्ल्याङकेटसहित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो। एपीएफ टोलीले उक्त ब्ल्याङकेट ल्याउन प्रयोग भएको उक्त ट्रक समेत बरामद गरेको छ।

पक्राउ परेका कुमारलाई बरामद ब्ल्याङकेट तथा उक्त ट्रकसहित आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ। बरामद ट्रकको भन्सार दाखिला मुल्य नौ लाख ९१ हजार एक सय ९२ रुपैयाँ रहेको छ।

यता, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिया चोकबाट एपीएफ टोलीले करीव दुई लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ईलोक्ट्रोनिक्स सामान, लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बलराबाट खटिएको एपीएफ टोलीले करीव दुई लाख १७ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ताकपडा बरामद गरेको छ। भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको बलरा नगरपालिका ५ स्थित अर्नाबाट बरामद गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .