ad ad

ग्लोबल


सोरोसको फाउन्डेसनले पश्चिमा सभ्यता भत्काउन खोजेको मस्कको आरोप

सोरोसको फाउन्डेसनले पश्चिमा सभ्यता भत्काउन खोजेको मस्कको आरोप

नेपालखबर
असोज १, २०८० सोमबार १९:२४,

जर्ज सोरोसको फाउन्डेसनले पश्चिमा सभ्यता भत्काउन खोजेको आरोप इलोन मस्कले लगाएका छन्। 

इजरायली प्रधानमन्त्ती बेन्यामिन नेतन्याहुलाई क्यालिफोर्नियामा भेट्नुअघि मस्कले आफ्नै सामाजिक सञ्जाल एक्समा यस्तो लेखेका हुन्।

इटलीको एक टापुमा अफ्रिकी आप्रवासीहरु आइपुगेको दृश्यलाई ‘जर्ज सोरोसको नेतृत्वमा भएको आक्रमण’ भन्दै गरिएको एक पोस्टमा टिप्पणी गर्ने क्रममा मस्कले यस्तो बताएका हुन्।

‘सोरोसको संस्थाको चाहना पश्चिमा सभ्यता ध्वस्त पारिछाड्ने देखिन्छ,’ मस्कले लेखेका छन्।

सोरोसको ओपन सोसाइटी फाउन्डेसन विश्वभर नागरिक समाजका समूहहरुलाई सघाउँदै आउको संस्था हो। यसले आप्रवासी तथा शरणार्थीहरुको पक्षमा वकालत पनि गर्छ।

सोही कारण यो फाउन्डेसन दक्षिणपन्थीहरुको निसानामा पर्ने गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .