ad ad

ग्लोबल


बिग बोसका विजेतासँग १ करोड फिरौती माग्ने व्यक्ति पक्राउ

बिग बोसका विजेतासँग १ करोड फिरौती माग्ने व्यक्ति पक्राउ

नेपालखबर
कात्तिक ९, २०८० बिहिबार १३:१६, काठमाडौँ

बिग बोस ओटीटी सिजन–२ का विजेता एल्विश यादवलाई बोलाएर जबरजस्ती रकम माग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

गुजरात प्रहरीको सहयोगमा गुरुग्राम प्रहरीले वडनगर निवासी शाकिर मकरानीलाई बिहीबार पक्राउ गरेको हो। 

मकरानीले एल्विश यादवबाट प्रभावित भएर पैसा कमाउनको लागि जबरजस्ती फोन गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। 

गुरुग्रामको सेक्टर ५३ प्रहरी चौकीमा दिएको उजुरीमा यादवले अक्टोबर १७ मा ह्वाट्सएप म्यासेजमार्फत आफूसँग १ करोड रुपैयाँ फिरौती मागेको उल्लेख गरेका थिए।

यद्यपी यस विषयमा एल्विश यादवको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .