ad ad

ग्लोबल


हमासको आक्रमणपछि बेपत्ता थिइन् छोरी, आमाले गरिन् मृत्युको पुष्टि

हमासको आक्रमणपछि बेपत्ता थिइन् छोरी, आमाले गरिन् मृत्युको पुष्टि

फाइल फाेटाे : शनि लक


नेपालखबर
कात्तिक १३, २०८० सोमबार १९:३२, काठमाडौँ

अक्टोबर ७ मा हमासको आक्रमणपछि बन्धक बनाइएकी जर्मन–इजरायली युवती शनि लककी आमाले आफ्नी छोरीको मृत्यु भएको बताएकी छन्।

जर्मन सञ्चारमाध्यमसँग कुरा गर्दै रिकार्डा लकले आफूलाई इजरायली सेनाले खप्परको हड्डीबाट लिएको डीएनए नमुना शनीसँग मिलेको जानकारी दिएको बताइन्।

तर, उनको शव अहिलेसम्म फेला परेको छैन।

शनीकी बहिनीले पनि सामाजिक सञ्जालमा उनको मृत्युको पुष्टि गरेकी छन्। एडी लकले एक इन्स्टाग्राम लेखेकी छन्, ‘२२ वर्षीय शनी अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा मारिइन्।’

तर शानीको खप्परको भाग कहाँ र कहिले भेटियो भन्ने कुरा मिडिया रिपोर्टबाट खुल्न सकेको छैन।

शनि लक किबुट्जनजिकैको एक संगीत समारोहमा थिइन्, जसलाई  हमासले आक्रमणको निशाना बनाएको थियो।

बीबीसीका अनुसार उक्त संगीत महोत्सवमा सहभागी २६० भन्दा बढी मानिस मारिएका थिए भने धेरैलाई हमास लडाकुले बन्धक बनाएका थिए।

आक्रमणलगत्तै, सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएको थियो, जसमा एक महिलाको शव ट्रकमा लोड गरी सडकमा घुमाइएको देखिन्छ। उक्त ट्रकमा सशस्त्र लडाकु थिए र केही मानिस ‘अल्लाहु अकबर’ भन्दै नारा लगाइरहेका थिए।

तर, भिडिओमा महिलालाई घोप्टो पारेर सुताइएको थियो, जसका कारण उनको अनुहार भने देखिएन। तर उनको परिवारले शरीरमा रहेको ट्याटुबाट शनी भनेर चिनिएको दाबी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .