ग्लोबल


फ्रान्समा ३४ वर्षीय अत्ताल बने प्रधानमन्त्री

फ्रान्समा ३४ वर्षीय अत्ताल बने प्रधानमन्त्री

नेपालखबर
पुस २४, २०८० मंगलबार १८:५४,

फ्रान्समा ३४ वर्षीय ग्याब्रियल अत्ताल प्रधानमन्त्री नियुक्त भएका छन्। उनी फ्रान्सका हालसम्मकै कान्छो प्रधानमन्त्री हुन्।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले उनलाई सो पदमा नियुक्त गरेका हुन्। यसअघिकी प्रधानमन्त्री एलिजावेथ बोर्नले २० महिना पदमा रहेपछि राजीनामा दिएकी हुन्।

अत्ताल यसअघि शिक्षामन्त्री थिए। अब उनले जुन महिनामा हुने युरोपेली संसदको निर्वाचनको नेतृत्व गर्नुपर्ने छ।

अत्तालको उदय तीव्र गतिमा भइरहेको छ। १० वर्षअघि उनी स्वास्थ्य मन्त्रालयका सल्लाहकार मात्र थिए।

२०१७ मा उनी सांसद बने। २९ वर्षको उमेरमा उनी सबैभन्दा कान्छो मन्त्री बने।

उनी फ्रान्सको पहिलो घोषित समलिंगी प्रधानमन्त्री पनि हुन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .