ad ad

ग्लोबल


चुनावी नतिजासँगै पाकिस्तानी सेयर बजारमा पहिरो, एकैदिन १७ सय अंकले घट्यो

चुनावी नतिजासँगै पाकिस्तानी सेयर बजारमा पहिरो, एकैदिन १७ सय अंकले घट्यो

नेपालखबर
माघ २६, २०८० शुक्रबार २०:२, काठमाडौँ

बिहीबार भएको चुनावको परिणाम आउन थालेसँगै शुक्रबार पाकिस्तानको सेयर बजारमा पहिरो गएको छ।

पाकिस्तानको सेयर बजार शुक्रबार एकैदिन २ हजार अंकले ओरालो लागेको हो।

पाकिस्तानमा अहिलेसम्म आएको नतिजाअनुसार कुनै पनि दललाई बहुमत आउने देखिएको छैन। 

सत्ताको यस दौडबीच पाकिस्तानको स्टक एक्सचेन्ज शुक्रबार १७ सय अंकले ओरालो लागेको हो। 

शुक्रबार एकैदिन स्टक बजारमा ३.३४ प्रतिशतको भारी गिरावट पनि दर्ता भएको छ।

पाकिस्तान स्टक एक्सचेन्जको बेन्चमार्क केएसई-१०० इन्डेक्स शुक्रबार १७ सय अंकले ओरालो लाग्दा लगानीकर्ताबीच तनावको माहोल देखियो। 

नयाँ सरकारको स्थिति प्रष्ट नहुँदा पाकिस्तानको सेयर बजार शुक्रबार खुल्नेबित्तिकै राताम्मे भएको हो। 

पीएसएक्स वेबसाइटका अनुसार कारोबार सुरू हुनेबित्तिकै इन्डेक्स २२ सय ७८ अंकले ओरालो लागेको थियो।

त्यसपछि केहीबेर सम्हालिएको सेयर बजार बिहान साढे ९ बजेसम्म १७२०.२७ अंकले झर्‍यो। एकै झट्कामा झरेको इन्डेक्स ६२ हजार ४२३.६० अंकमा पुग्यो। 

केएसई-१०० बिहीबार ६४ हजार १४३.८७ अंकमा बन्द भएको थियो। पाकिस्तान स्टक एक्सचेन्ज (पीएसएक्स) कराँचीस्थित एक स्टक एक्सचेन्ज हो। 

पाकिस्तानको सेयर बजारका जानकारका अनुसार केएसई-१०० इन्डेक्समा गिरावट आउनुको कारण चुनावपछि देखिएको राजनीतिक अनिश्चयका कारण लगानीकर्ता किन्न भन्दा बेच्न लाग्नुलाई मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .