ग्लोबल


गाेर्खाल्यान्ड युनियन टेरिटाेरी गठन गर्न भाजपा नेता सुब्रमन्यम स्वामीकाे माग

गाेर्खाल्यान्ड युनियन टेरिटाेरी गठन गर्न भाजपा नेता सुब्रमन्यम स्वामीकाे माग

शैलेन्द्र समदर्शी
माघ २८, २०७६ मंगलबार ८:११,

दार्जिलिङ पहाड़मा सुवास घिसिङको पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)ले छैटौं अनुसूचीको माग गरिरहेको बेला भारतीय जनता पार्टीकै वरिष्ठ एवं राज्यसभा सांसद डा. सुब्रमन्यम स्वामीले गोर्खाल्यान्ड युनियन टेरिटोरी गठन गर्नुपर्ने माग गरेका छन्। मङ्गलबार बिहान ट्विट गरी नेता स्वामीले यस्तो माग गरेका हुन्।

पछिल्ला चुनावहरूमा गोर्खाहरूलाई दिएको वाचाअनुसार नै भाजपाले गोर्खाल्यान्ड युनियन टेरिटोरी गर्नुपर्ने उनको भनाइ छ। ‘गोर्खाल्यान्ड उच्च प्राथमिकता हो। वाचाअनुसार युनियन टेरिटोरी गठन गर्नुपर्छ’, सुब्रमन्यम स्वामीले ट्विटमा लेखेका छन्। 

उनले आफ्नो ट्विटमा भाजपाले धेरै राज्यमा आफ्नो वाचा पूरा नगरेको पनि औंल्याएका छन्। स्मरणरहोस्, सन् २०१४ को लोकसभा चुनावमा भाजपाले छुट्टै राज्य गोर्खाल्यान्ड गठनको वाचा गरेको थियो।

त्यसबेला भाजपाका प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले सिलगढ़ीनजिक एक जनसभालाई सम्बोधन गर्दै ‘गोरखाओं का सपना मेरा सपना’ भनेका थिए। तर भाजपाले केन्द्रमा सरकार गठन गरे पनि प्रधानमन्त्री मोदीले देखाएका सपना पूरा भएन।

यसपालि पुनः भाजपाले दार्जिलिङ पहाड़को स्थायी राजनीतिक समाधान र जनजातिको मान्यता दिने प्रतिबद्धता जताए तापनि अहिलेसम्म यी दुवै प्रतिबद्धता पूरा गरेको छैन।

यस्तो अवस्थामा भाजपाकै नेता स्वामीको यो ट्विटले ‘गोर्खामाथि भाजपाको नियत’लाई लिएर धेरै महत्त्व राख्ने राजनीतिक जानकारहरूको भनाइ छ।

सधैं गोर्खाल्यान्डको पक्षमा देखिने सुब्रमन्यम स्वामीले गोर्खाको मुद्दा उठाएका छन्, जतिबेला भाजपा एकपछि अर्का राज्यमा नराम्रो पराजय बेहोरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .