ad ad

ग्लोबल


चीनको महत्त्वाकांक्षी लक्ष्य : आर्थिक वृद्धि ५ प्रतिशत, १ करोड २० लाख नयाँ रोजगारी

चीनको महत्त्वाकांक्षी लक्ष्य : आर्थिक वृद्धि ५ प्रतिशत, १ करोड २० लाख नयाँ रोजगारी

नेपालखबर
फागुन २२, २०८० मंगलबार १५:५९,

चीनले सन् २०२४ का लागि ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेको छ। नेसनल पिपुल्स कंग्रेसको बैठक उद्घाटनपछि प्रधानमन्त्री ली छ्याङले यस्तो घोषणा गरेका हुन्। 

विश्लेषकहरुले यसलाई महत्वाकांक्षी लक्ष्य भनेका छन्। पछिल्लो समय चिनियाँ अर्थतन्त्रले मन्दीको सामना गरिरहेको छ।

लीले पनि कयौँ चुनौती रहेको र तिनको समाधान गर्न आवश्यक रहेको बताएका छन्। महामारीपछि आर्थिक अवस्था सल्ट्याउन कठिन रहेको र बाह्य वातावरणले मुलुकको विकासमा नकारात्मक असर गरेको उनले बताए।

उनले यो वर्ष १ करोड २० लाख नयाँ सहरी रोजगार सिर्जना पनि बतए। त्यस्तै सहरी बेरोजगारी ५.५ प्रतिशत र मुद्रास्फिति ३ प्रतिशतमा राख्ने लक्ष्य पनि अघि सारे।

उनले सैन्य बजेट यो वर्ष ७.२ प्रतिशतले बढ्ने घोषणा पनि गरे। जसअनुसार चीनको रक्षा बजेट १.६६ ट्रिलियन युआन (२३१.४ अर्ब डलर) पुग्नेछ।

चीनले शान्ति, शान्तिपूर्णकास र दुवै पक्षका लागि जितजितको अवधारणामा आधारित स्वतन्त्र विदेशनीतिप्रति चीन प्रतिबद्ध रहेको उनको भनाइ छ। 

दशकौँसम्म चीनको अर्थतन्त्र वार्षिक औसत १० प्रतिशतका दरले बढ्दै आएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .