ग्लोबल


भारतले पहिलो पटक परीक्षण गर्‍यो एमआईआरभी क्षेप्यास्त्र

भारतले पहिलो पटक परीक्षण गर्‍यो एमआईआरभी क्षेप्यास्त्र

नेपालखबर
फागुन २९, २०८० मंगलबार १३:७,

भारतले पहिलो पटक ‘मल्टिपल इन्डिपेन्डेन्टली टार्गेटेबल रि–इन्ट्री भेइकल’ (एमआईआरभी) प्रविधिसहितको क्षेप्यास्त्र परीक्षण गरेको छ।

भारतले आफ्नो रणनीतिक आणविक हतियार अग्नि ५ मा यो प्रविधि एकीकृत गरेको हो।

एमआईआरभी भनेको एउटै क्षेप्यास्त्रले धेरैवटा विस्फोटक हतियार बोकेर प्रक्षेपण हुने र ती विस्फोटक अलगअलग निसानामा  प्रहार गर्ने प्रविधि हो।

अग्नि ५ भारतको सबैभन्दा आधुनिक अन्तरमहादेशीय क्षेप्यास्त्र हो।

यसको मारक क्षमता ५ हजार किलोमिटरभन्दा ज्यादा रहेको बताइन्छ। 

एमआईआरभी प्रविधि सीमित मुलुकसँग मात्रै छ। जसमा अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस पर्छन्। पाकिस्तानले २०१७ मा यो प्रविधि परीक्षण गरेको थियो। 

यो हतियार भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनले विकास गरेको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले दिव्यास्त्र नाम उल्लेख गर्दै सोको घोषणा गरेका हुन्। यसबाट आफू गौरवान्वित भएको उनको भनाइ छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .