ad ad

ग्लोबल


अफगानिस्तानमा पाकिस्तानको हवाई हमला, कम्तीमा ८ जनाको मृत्यु

अफगानिस्तानमा पाकिस्तानको हवाई हमला, कम्तीमा ८ जनाको मृत्यु

नेपालखबर
चैत ५, २०८० सोमबार १६:३५, काठमाडौँ

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानबाट आफ्नो भूमिमा हवाई हमला भएको जनाएको छ।

तालिबानका अनुसार यो हवाई हमलामा कम्तीमा पनि ८ जना सर्वसाधारण मारिएका छन्। मारिनेमा महिला र बालबालिका छन्। 

तालिबानका एक प्रवक्ताले पाकिस्तानी जहाजले पाकिस्तानको सीमानजिकै पास खोस्त र पक्तिका प्रान्तमा रहँदै आएका सर्वसाधारणको घरमा बमबारी गरेको बताए।

अफगानिस्तानको समाचार च्यानल टोलो न्युजका अनुसार हवाई हमलापछि सीमावर्ती इलाकामा तालिबान र पाकिस्तानी बलबीच झडपमा भएको जनाएको छ।

गोलाबाका क्रममा पाकिस्तानका तीन जवान पनि घाइते भएको समाचार छ।

यस पूरै घटनामा अहिलेसम्म पाकिस्तानले कुनै जानकारी सार्वजनिक गरेको छैन। तर केही जानकारहरूले यसलाई पाकिस्तानीको जवाफी कारबाहीका रुपमा ब्याख्या गरेका छन्।

खासमा एक हप्ताअघि पाकिस्तानी सेनाको सुरक्षा चौकीमा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तानले जवाफी कारबाहीको चेतावनी दिएको थियो।

पाकिस्तानले त्यसबेला अफगानिस्तानमा लुकेर बसेका चरमपन्थीको समूहले आफ्नो सुरक्षा बलमाथि हमला गरेको जनाएको थियो। तर अफगानिस्तानले यस आरोपको खण्डन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .