ad ad

ग्लोबल


सिरियामा इरानी वाणिज्य दूतावासमा हमला हुँदा ५ जनाको मृत्यु, इजरायललाई आरोप (भिडिओ)

सिरियामा इरानी वाणिज्य दूतावासमा हमला हुँदा ५ जनाको मृत्यु, इजरायललाई आरोप (भिडिओ)

नेपालखबर
चैत २०, २०८० मंगलबार ६:५४, काठमाडौँ

इरानका राजदूतले सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा इजरायली हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको बताएका छन्।

इरानको सरकारी टीभी च्यानलका अनुसार रिभोलुसनरी गार्डका वरिष्ठ कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी पनि मारिएका छन्।

मेजेह जिल्लास्थित इरानी दूतावासनजिकै रहेको बहुमंजिला भवन भग्नावशेषमा परिणत भएको छ।

इरान र सिरियाका विदेशमन्त्रीहरूले यस हमलाको कडा निन्दा गरेका छन्।

तर, इजरायलको सेनाले विदेशी सञ्चारमाध्यमको रिपोर्टमा प्रतिक्रिया नदिने बताएको छ।

तल भिडिओमा विस्फोट स्थल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .