ad ad

ग्लोबल


इजरायलले इरानविरुद्ध थाल्यो आक्रमण, विस्फोटपछि धेरै उडान ‘डाइभर्ट’

इजरायलले इरानविरुद्ध थाल्यो आक्रमण, विस्फोटपछि धेरै उडान ‘डाइभर्ट’

फाइल तस्बिर


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ८:२२, काठमाडौँ

इजरायलले शुक्रबार (आज) इरानका धेरै सहरमा मिसाइल आक्रमण गरेको छ।

इरानको आणविक प्लान्टमा पनि मिसाइल खसेको बताइएको छ।

इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानको इस्फाहान सहरको एयरपोर्टमा पनि विस्फोटको आवाज सुनिएको छ। यस सहरमा धेरै आणविक प्लान्ट छन्। 

इरानको सबैभन्दा ठूलो युरेनियम कार्यक्रम पनि यही ठाउँबाट चलिरहेको छ। विस्फोटपछि धेरै उडानहरू डाइभर्ट गरिएका छन्। 

यसअघि इरानले गत शनिबार राति इजरायलमा करिब ३ सय ड्रोन र मिसाइल प्रहार गरेको थियो। जसमध्ये झन्डै ९९ प्रतिशत ड्रोन र मिसाइल बीचमै खसालेको दाबी इजरायलले गरेको थियो।

त्यही आक्रमणको बदला स्वरूप इजरायलले अहिले इरानविरुद्ध प्रहार सुरु गरेको हो। 

त्यसो त इरानले अप्रिल १ मा सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको घातक हमलाको बदलास्वरूप शनिबार इजरायलमा आक्रमण गरेको थियो। 

इरानी दूतावासमा भएको आक्रमणमा १३ जनाको ज्यान गएको थियो, जसमा रिभोल्युसनरी गार्डका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदीको मृत्यु भएको थियो भने उनका सहायक पनि मारिएका थिए।

तर इजरायलले इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .