भारतमा जारी लोकसभा चुनावको मतगणनामा कंग्रेस १०० सिटमा अघि देखिएको छ।
सुरुवाती अग्रताअनुसार नै नतिजा आउने हो भने कंग्रेसले पछिल्ला दुई चुनावको तुलनामा ठूलो मात्रामा सिट संख्या वृद्धि गर्ने देखिएको छ।
२००९ मा २०६ सिट जितेको कंग्रेस २०१४ मा ४४ सिटमा खुम्चेको थियो।
२०१९ मा उसले ५२ सिट जितेको थियो।
यद्यपि, यो चुनावमा नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धन बहुमत सिटमा अगाडि छ। एनडीएले ३ सयभन्दा ज्यादा सिटमा अग्रता लिएको छ।
744
Shares
प्रतिक्रिया