ad ad

ग्लोबल


इजरायल-लेबनान सीमामा गोलाबारी जारी, हाइफामा मानिस भेला हुन प्रतिबन्ध

इजरायल-लेबनान सीमामा गोलाबारी जारी, हाइफामा मानिस भेला हुन प्रतिबन्ध

इजरायल-लेबनान सीमामा गोलाबारी जारी छ।


नेपालखबर
असोज ६, २०८१ आइतबार ८:४१, काठमाडौँ

इजरायलले लेबनानसँग सीमा जोडिएको उत्तरी सहर हाइफामा मानिस भेला हुन प्रतिबन्ध लगाएको छ।

दक्षिणी लेबनानमा इजरायलको हवाई हमलापछि हिजबुल्लाहले जवाफी कारबाही गरेका बेला यो घोषणा गरिएको हो।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीका अनुसार दर्जनौँ युद्ध विमानले दक्षिणी लेबनानका ती स्थानमा ‘व्यापक’ हमला सुरु गर्दै छन्, जहाँबाट हिजबुल्लाहले ‘इजरायली भूमिमा आक्रमण गर्ने तयारी’ गरिरहेका छन्।

आईडीएफले बेरुतमा शुक्रबार भएको हवाई हमलामा करिब १२ जना वरिष्ठ हिजबुल्लाह कमान्डर मारिएको दाबी गरेको छ।

लेबनानका अनुसार यी आक्रमणमा ३ बालबालिकासहित ३७ जनाको मृत्यु भएको छ।

अमेरिकी सरकारले आफ्ना नागरिकलाई कुनै पनि व्यावसायिक उडानबाट ती क्षेत्र छाड्न अपिल गरेको छ।

शुक्रबारको आक्रमणपछि इजरायली सेना र हिजबुल्लाहबीच इजरायल-लेबनान सीमामा गोलाबारी जारी छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .