भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको छत खसेको भोलिपल्टै शनिबार अर्काे विमानस्थलमा पनि यस्तै घटना भएको छ।
बीबीसी हिन्दीका अनुसार भारी वर्षाका कारण शनिबार गुजरातको राजकोट विमानस्थलको छतको एक भाग भत्किएको हो।
यस दुर्घटनामा कोही घाइते भएको खबर छैन, अहिले मर्मत जारी छ।
शुक्रबार दिल्ली एयरपोर्टको टर्मिनल–१ को छत खस्दा एक जनाको मृत्यु भयो भने ६ जना घाइते भए। त्यसयता टर्मिनल–१ बाट उडान हुन सकेको छैन।
1.4k
Shares
प्रतिक्रिया