ad ad

ग्लोबल


केजरीवाललाई फर्काइयो तिहाड जेल

केजरीवाललाई फर्काइयो तिहाड जेल

नेपालखबर
असार १५, २०८१ शनिबार २०:४२, काठमाडौँ

दिल्लीको राउज एभिन्यु अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जुलाई १२ सम्मका लागि न्यायिक हिरासतमा पठाएको छ।

मदिरा नीति भ्रष्टाचार प्रकरणमा पक्राउ परेका केजरीवाललाई सीबीआई हिरासत म्याद पूरा भएपछि शनिबार पुनः न्यायिक हिरासतमा पठाएको हो।

सीबीआईले मंगलबार राति तिहाड जेलमै पुगेर केजरीवालसँग सोधपुछ गरेपछि बुधबार बिहान अदालत पेस गरेको थियो।

त्यस क्रममा अदालतले ३ दिनको अनुमति दिएपछि उनलाई सीबीआईले आफ्नो हिरासतमा राखेको थियो। 

त्यो म्याद सकिएपछि अदालतले उनलाई पुनः न्यायिक हिरासतमा पठाएको हो।

उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले गत मार्च २१ मा अन्तःशुल्क नीतिबारे भ्रष्टाचार अभियोगमा पक्राउ गरेको थियो।

त्यसयता उनी तिहाड जेलको न्यायिक हिरासतमा छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .