ad ad

ग्लोबल


सर्वोच्च अदालतले केजरीवाललाई दियो अन्तरिम जमानत, अब रिहा हुन्छन् त?

सर्वोच्च अदालतले केजरीवाललाई दियो अन्तरिम जमानत, अब रिहा हुन्छन् त?

नेपालखबर
असार २८, २०८१ शुक्रबार १३:३७, काठमाडौँ

मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको मुद्दा लागेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ। 

तर उनलाई राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले गिरफ्तारी गरेको मुद्दा सर्वोच्चले ठूलो बेन्चलाई सुम्पेको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपशंकर दत्तको इजलासले केजरीवालको गिरफ्तारीलाई चुनौती दिने याचिकालाई ठूलो बेन्चमा पठाएको हो। अब सर्वोच्च अदालतको तीन न्यायाधीशको बेन्चले केजरीवालको याचिकाको सुनुवाइ गर्नेछ।  

केजरीवाललाई त्यतिबेलासम्मका लागि अन्तरिम जमानत दिइएको हो, जतिबेलासम्म ठूलो इजलासले मुद्दाको सुनुवाइ सकाउने छैन। 

तर पनि अहिले जेलबाट बाहिर निस्कन पाउने छैनन्।

किनभने उनलाई ईडीको मुद्दामा मात्र अन्तरिम जमानत पाएका हुन्।

हाल उनी सीबीआईको पनि हिरासतमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .