ad ad

राजनीति


प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ : रमेश लेखक

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ : रमेश लेखक

नेपालखबर
असार २८, २०८१ शुक्रबार १३:४२, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा नदिने बताएका छन्। 

शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद समेत रहेका लेखकले पीडामा भएको मान्छेमाथि टिप्पणी गर्दा ज्यादा पीडित हुने भन्दै त्यतातिर नलाग्ने बताए।

‘अधिकांश कुरामा मेरो असहमति छ। म कमसेकम आज प्रधानमन्त्रीजीले राख्नुभएको खण्डन, प्रतिवाद केही गर्ने वाला छैन। यसले थप कटुता उत्पन्न गर्छ। हाम्रो समाजले पीडामा भएको कुनैपनि मानिसका माथि थप टिप्पणी गर्नु भनेको ज्यादा पीडित गर्नु भएकाले त्यताति जान चाहन्न,’ उनले भने। 

साथै, उनले दुई ठूला दल मिल्दा प्रतिपक्षी कमजोर नहुने बताए। 

‘प्रधानमन्त्रीजीले प्रारम्भमै दुईवटा ठूला दलहरू मिल्दा प्रतिपक्षी कमजोर हुन्छ कि भन्ने चिन्ता गर्नुभयो। प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठिक नेताको रुपमा देखेको हुँदा अब सदनमा कमजोर हुँदैन भन्ने लाग्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .