ad ad

ग्लोबल


भारतकी अर्थमन्त्रीले प्रस्तुत गरिन् बजेट (लाइभ)

यी हुन् बजेटका प्रमुख ९ बुँदा
भारतकी अर्थमन्त्रीले प्रस्तुत गरिन् बजेट (लाइभ)

नेपालखबर
साउन ८, २०८१ मंगलबार ११:५२, काठमाडौँ

भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्‌मा पूर्ण बजेट प्रस्तुत गरिरहेकी छन्।

उनले यो लगातार सातौँपटक भारतको बजेट प्रस्तुत गरिरहेकी हुन्। 

बजेट भाषणका प्रमुख बुँदा
-यो बजेट गरिब, महिला, युवा र किसानमा केन्द्रित छ।

-बजेटले रोजगारी र सीपमा जोड दिएको छ।

-बजेटमा युवाका लागि २ लाख करोड रुपैयाँको व्यवस्था गरिएको छ।

-कृषिमा ३२ वटा उच्च उपज र जलवायुमैत्री प्रजातिहरू ल्याइनेछ।

-बागवानी बालीका १०९ नयाँ प्रजातिहरू जारी गरिनेछ।

-आगामी दुई वर्षमा एक करोड किसानलाई प्राकृतिक खेतीका लागि सहयोग गरिने भएको छ।

-१० हजार बायो इनपुट रिसोर्स सेन्टर स्थापना गरिनेछ।

-आत्मनिर्भरताका लागि सरकारले दाल र तिलहन मिसनमा ध्यान दिनेछ।

-तरकारी उत्पादन र आपूर्ति प्रणालीका लागि क्लस्टर तयार गरिनेछ।

बजेटको लाइभ हेर्न यहाँ क्लिक गर्नुहोला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .