ad ad

ग्लोबल


म्यानचेस्टर एयरपोर्टमा भुइँमा लडेका व्यक्तिलाई प्रहरीले कुटिरहेको भिडिओ भाइरल

म्यानचेस्टर एयरपोर्टमा भुइँमा लडेका व्यक्तिलाई प्रहरीले कुटिरहेको भिडिओ भाइरल

नेपालखबर
साउन १०, २०८१ बिहिबार १२:४२, काठमाडौँ

बेलायतको म्यानचेस्टर एयरपोर्टमा भएको एक घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओमा एकजना प्रहरीले भुइँमा लडेका एक व्यक्तिलाई ट्याजर बन्दुक देखाउँदै कुटिरहेको देख्न सकिन्छ।

यस क्रममा घटनास्थलमा उपस्थित अन्य प्रहरीहरूले मानिसहरूलाई पछाडि बस्न आग्रह गरिरहेका छन्।

ग्रेटर म्यानचेस्टर प्रहरीले मंगलबार विमानस्थलको टर्मिनल २ मा झगडापछि एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको जनाएको छ।

तर यो घटनाको भिडिओ देखेर मानिसहरूमा आक्रोश बढेको छ।

घटनाको विरोधमा बुधबार साँझ सयौँ मानिसले ग्रेटर म्यानचेस्टरको रोचडेल पुलिस स्टेसन बाहिर प्रदर्शन गरेको बीबीसीले जनाएको छ।

म्यानचेस्टर इभिनिङ न्युजका अनुसार, एक प्रदर्शनकारीले मानिसहरूसँग अब प्रहरीको क्रूरतासँग सम्झौता नगर्ने बताए।

म्यानचेस्टर विमानस्थलमा भएको घटनाका विषयमा रोचडेल प्रहरी चौकीबाहिर गरिएको विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा टुंगिएको प्रहरी अधिकृत वसिम चौधरीको भनाइ छ।

ग्रेटर म्यानचेस्टर प्रहरीले यसअघि विमानस्थलमा भएको घटनामा एक प्रहरी अधिकारीलाई ड्युटीबाट हटाइएको बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .