ad ad

ग्लोबल


रुसमा सैन्य हेलिकप्टर जंगलमा खस्यो

रुसमा सैन्य हेलिकप्टर जंगलमा खस्यो

रासस/एएफपी
साउन १०, २०८१ बिहिबार १५:२, मस्को (रुस)

रुसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रुसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रुसी समाचार एजेन्सीले बिहीबार जनाएका छन्। 

हेलिकप्टर रुसको कालुगा क्षेत्रमा दुर्घटनाग्रस्त भएको र दुर्घटनामा चालक दलका सदस्यको मृत्यु भएको रुसी समाचार संस्था (तास) ले रक्षा मन्त्रालयको एक स्रोतलाई उद्धृत गर्दै जनाएको छ। 

प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर प्राविधिक समस्याका कारण दुर्घटना भएको इन्टरफ्याक्सले उल्लेख गरेको छ। 

युक्रेनको सीमाबाट करिब १५० किलोमिटर  टाढाको जङ्गलमा हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय अधिकारीले बताएका छन्।

हेलिकप्टर दुर्घटना प्राविधिक कारणले हो वा आक्रमणले भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .