ad ad

ग्लोबल


रेल स्टेसनमा रोएपछि शेख हसिनालाई लाग्यो, ‘गोहीको आँसु खसाएको’ आरोप

सामाजिक सञ्जालमा प्रश्न : मारिएका विद्यार्थीप्रति खोइ समवेदना?
रेल स्टेसनमा रोएपछि शेख हसिनालाई लाग्यो, ‘गोहीको आँसु खसाएको’ आरोप

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १५:४६,

सरकारविरोधी प्रदर्शनका क्रममा तोडफोड भएको रेल स्टेसनमा रोएपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले ‘गोहीको आँसु’ झारेको भन्दै उनको आलोचना भएको छ।

देशव्यापारी सरकारविरोधी प्रदर्शनका क्रममा हालै कम्तीमा डेढ सयजनाको ज्यान गएको थियो। विद्यार्थी प्रदर्शनमाथि सुरक्षाफौजले अनावश्यक बलप्रयोग गरेको आरोप छ।

सरकारी जागिरमा आरक्षण प्रणाली खारेज गर्न माग गर्दै सो आन्दोलन भएको थियो।

तर, आन्दोलनमा मारिएका र तिनका परिवारप्रति उत्तिकै सहानुभूति नदेखाएको भन्दै हसिनाको आलोचना भएको हो।

सो तस्बिर बिहीबार मिरपुर मेट्रो स्टेसनमा लिइएको थियो। जहाँको टिकट मेसिन र कन्ट्रोल स्टेसन आन्दोलनमा भत्किएको छ। त्यहाँ उभिएर हसिनाले भक्कानिँदै आँखा पुछ्दै गरेको देख्न सकिन्छ।

‘मान्छेको जीवन सहज बनाउने सुविधा भत्काउने कस्तो मानसिकता हो? ढाका सहर ट्राफिक जामले अस्तव्यस्त थियो। मेट्रो रेलले राहत दिएको थियो। आधुनिक प्रविधिले बनेको यो स्थानको विमान म स्वीकार्न सक्दिनँ,’ स्थानीय सञ्चारमाध्यले हसिनाको भनाइ उधृत गरेका छन्।

त्यसपछि सामाजिक सञ्जालमा उनको आलोचना सुरु भएको हो।

‘हामीले सयौँ विद्यार्थी गुमायौँ। तर, प्रधानमन्त्री शेख हसिनालाई मेट्रो रेलका लागि रुने फुर्सद छ, सदाका लागि बिदा भएका मान्छेका लागि छैन,’ एक एक्स प्रयोगकर्ताले लेखेका छन्।

‘रेलका लागि गोहीका आँसु चुहाउने, मान्छेका लागि खोइ?’ अर्काले भनेका छन्।

कतिपयले यसलाई प्रदर्शनमा भएका मृत्युबाट ध्यान भंग गर्ने कोसिस भनेका छन्।

बंगलादेशमा स्वतन्त्रता सेनानीका दरसन्तानका लागि ३० प्रतिशतसहित ५६ प्रतिशत आरक्षणको व्यवस्था थियो। आन्दोलनका माझ गत आइतबार सर्वोच्च अदालतले आरक्षणलाई ७ प्रतिशतमा झारिदिएको छ। 

अब स्वतन्त्रता सेनानीका दरसन्तानले ५ प्रतिशत आरक्षण पाउँदा अल्पसंख्यकले १ र अपांगता भएकाले १ प्रतिशत आरक्षण पाउनेछन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .