डेमोक्र्याटिक पार्टीकी राष्ट्रपतीय उम्मेदवार कमला ह्यारिसले टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार छनोट गरेकी छन्। वाल्ज मिनोसेटा राज्यका गभर्नर हुन्।
यद्यपि, ह्यारिसले यसको घोषणा गरिसकेकी छैनन्।
वाल्ज २०१८ मा गभर्नर निर्वाचित भएका थिए। त्यसअघि १२ वर्ष उनी सांसद थिए।
सादा बोलचाली भएका उनको व्यक्तित्वले स्वतन्त्र र अनुदार मतदातालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
६० वर्षीय उनले २०२० मा जर्ज फ्लोइडको हत्यापछि चर्केको आन्दोलनको समयमा सो राज्यको नेतृत्व सम्हालेका थिए।
वाल्जले नेसनल गार्डमा २० वर्षभन्दा बढी सेवा गरेका थिए।
डोनाल्ड ट्रम्पको टोलीले भने उनलाई ‘उदार अतिवादी’ का रुपमा चित्रित गरेका छन्।
132
Shares
प्रतिक्रिया