ad ad

ग्लोबल


फ्रान्समा नयाँ प्रधानमन्त्रीविरुद्ध जनता सडकमा

फ्रान्समा नयाँ प्रधानमन्त्रीविरुद्ध जनता सडकमा

फ्रान्समा सडकमा विरोध प्रदर्शन गर्दै जनता।


नेपालखबर
भदौ २३, २०८१ आइतबार ७:५६, काठमाडौँ

फ्रान्समा नयाँ प्रधानमन्त्री मिसेल बार्नियरविरुद्ध जनता सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले मिसेललाई प्रधानमन्त्री नियुक्तिको विरोध गरिरहेका छन्।

फ्रान्समा केही दिनअघि मात्रै निर्वाचन भएको थियो। निर्वाचनमा दक्षिणपन्थी दललाई हराउन वामपन्थी दलले गठबन्धन बनाएका थिए।

चुनावमा सुरुमा दक्षिणपन्थी दलहरू बलियो देखिए पनि नतिजा अन्ततः वामपन्थी दलहरूको पक्षमा आयो।

राष्ट्रपति इमानुएल म्याक्रोनले दक्षिणपन्थी नेता मिसेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि जनतामा आक्रोशित भएका हुन्। 

बीबीसीका अनुसार शनिबार एक लाखभन्दा बढी मानिसले मिसेलको नियुक्तिको विरोध गर्दै सडकमा प्रदर्शन गरे।

यो विरोध ट्रेड युनियन र एनपीएफका सदस्यहरूले गरिरहेका छन्। राष्ट्रपतिले आफूहरूको प्रधानमन्त्रीको उम्मेदवारलाई अस्वीकार गरेकामा उनीहरू आक्रोशित भएका हुन्।

फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले यो प्रदर्शनमा देशभर करिब १ लाख १० हजार मानिस सहभागी भएको जनाएको छ।

फ्रान्सको राजधानी पेरिसबाट पनि २६ हजारभन्दा बढी मानिसले प्रदर्शनमा भाग लिएका थिए।

अर्कातर्फ ईयू ब्रेक्जिटका पूर्ववार्ताकारसमेत रहेका नवनियुक्त प्रधानमन्त्री मिसेल बार्नियरले सरकार गठनका लागि वामपन्थीलगायत अन्य दलहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .