ad ad

समाज


तीन ठाउँमा पहिरो खस्यो, कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध

तीन ठाउँमा पहिरो खस्यो, कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध

नेपालखबर
भदौ २३, २०८१ आइतबार ७:४३, काठमाडौँ

अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातिदेखिको वर्षाको कारण सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्ग अन्तर्गत दैलेख-कालिकोट खण्डको दहीखोला, एसमोड र गगनेखोलामा पहिरो खसेको छ। पहिरोले सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। 

आइतबार बिहान ५ बजेदेखि नै पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ। राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .