ad ad

ग्लोबल


ह्यारिससँग दोस्रोपटक बहस गर्न ट्रम्पले गरे अस्वीकार

ह्यारिससँग दोस्रोपटक बहस गर्न ट्रम्पले गरे अस्वीकार

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार ११:२४, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी प्रतिद्वन्द्वी कमला ह्यारिससँग दोस्रोपटक बहस गर्ने सम्भावनालाई अस्वीकार गरेका छन्।

दुई दिनअघि मात्रै यी दुईबीच पेन्सिलभेनियाको फिलाडेल्फियामा पहिलोपटक राष्ट्रपतीय बहस भएको थियो।

ट्रम्पले यो बहस आफूले जितेको दाबी गरेपछि कमलाले पुनः बहस गर्न चाहेको बताएकी छन्। 

तर मंगलबारको बहसपछि तुरुन्तै आयोजित धेरै सर्वेक्षणले मतदाताहरूले ह्यारिसले आफ्ना प्रतिद्वन्द्वी ट्रम्पभभन्दा राम्रो प्रदर्शन गरेको महसुस गरेको संकेत गरेका छन्। 

नर्थ क्यारोलिनामा चुनावी अभियानको र्‍यालीको केही समयपछि ह्यारिसले मतदाताहरूसँग आफूमा अझै अर्को बहसको जिम्मेवारी रहेको बताएकी थिइन्। 

मंगलबार एबीसी न्युजमा ९० मिनेटको बहसमा दुवै उम्मेदवारले आफूले जितेको दाबी गरे पनि ह्यारिसले ट्रम्पलाई रक्षात्मक रूपमा जान बाध्य बनाएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .