ad ad

ग्लोबल


हिजबुल्लाह नेता भाषण गरिरहेका बेला इजरायलद्वारा लेबनानमा हवाई हमला

युद्ध घोषणा भयो : हसन नसरल्लाह
हिजबुल्लाह नेता भाषण गरिरहेका बेला इजरायलद्वारा लेबनानमा हवाई हमला

इजरायली लडाकु विमानले लेबनानमा गरेको बमबारी


नेपालखबर
असोज ३, २०८१ बिहिबार २१:२८, काठमाडौँ

हिजबुल्लाह नेता हसन नसरल्लाहले अब युद्धको घोषणा भएको बताएका छन्।

पेजर र वाकी-टकी आक्रमणपछि उनले यो युद्ध अपराध भएको र अब युद्ध घोषणा भएको बताएका हुन्। 

हिजबुल्लाह नेता हसन नसरल्लाह

नसरल्लाहले भाषण दिइरहेका बेला इजरायली सेनाले भने हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको छ। 

बेरुतमा उपस्थित बीबीसी संवाददाता ह्युगो बाचेगाले भाषणका क्रममा धेरै विमान कम उचाइमा उडेको देखेको बताएका छन्।

इजरायली सेनाले विज्ञप्तिमा भन्यो- दशकौँदेखि हिजबुल्लाहले नागरिकलाई सशस्त्र बनाएको छ, सुरुङ खने र सर्वसाधारणलाई ढाल बनाएर आक्रमणहरू गरेको छ। यस कारणले गर्दा दक्षिणी लेबनान युद्ध क्षेत्र बनेको छ।

नसरल्लाहले के के भने?
उनले पेजर र वाकी-टकी विस्फोटका लागि इजरायललाई दोष दिएका छन्। इजरायलले निर्दोष मानिस र बालबालिकाको जीवनको समेत मतलब वास्ता नगरेको आरोप उनले लगाए। 

करिब चार हजार पेजरलाई निशाना बनाइएको उनले बताए।

उनले पेजर र वाकी-टकी विस्फोटमा मारिएकामध्ये कतिपयको अहिलेसम्म आधिकारिक तथ्यांकमा नसमेटिएको बताए।

नसरल्लाहले इजरायलले एकै समयमा ४,००० मानिसलाई मार्ने प्रयास गरेको आरोप लगाए र बुधबारको आक्रमण पनि करिब एक हजार मानिसलाई मार्ने उद्देश्य रहेको बताए।

उनले भने, ‘यो सरासर आतंकवाद हो। हामी यी आक्रमणलाई मंगलबारको नरसंहार र बुधबारको नरसंहार भन्नेछौँ। यी युद्ध अपराध वा कम्तीमा युद्धको घोषणा हो।’

उनले थपे, ‘धेरै पेजर सेवा पुराना वा बन्द गरिएका थिए। केही अझै पसलमा थिए त्यसैले थप क्षति भएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .